
काठमाडौं । लोक गायिका ज्योती मगरलाई सुनसरीको इटहरी उपमहानगरभित्र हुने सांस्कृति तथा विभिन्न महोत्सवमा प्रतिबन्धको घोषणा गरिएको छ ।
उपमहानगरको न्यायीक समिति प्रमुख समेत रहेकी उपमेयर लक्ष्मी गौतमले यो घोषणा गरेकी हुन् । सार्वजनिक रूपमा उनको यो घोषणाले अब ज्योतिलाई उपमहानगर क्षेत्रमा हुने कुनैपनि सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने अधिकार उपमहानगर प्रशासनले दिने छैन ।
‘ज्योतिका प्रस्तुती उत्तेजक, अश्लील र समाजलाई भड्काउ बनाउने खालका रहेकाले प्रोत्साहन गरिँदैन’, गौतमले भनिन्,‘उनको प्रस्तुतीले महिला हिंसाको घटनामा प्रोत्साहन हुन्छ ।’
सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा उनले यसो भनिन् । गौतमले उच्छृंखल प्रस्तुतीका महोत्सवलाई इजाजत नदिन समेत जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेकी छन् । ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन्, कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने प्रस्तुती गर्ने अनुमति किन दिनुहुन्छ ?’
इटहरीको ताल तलैया क्षेत्रमा केही दिनमा महोत्सव हुँदैछ जहाँ ज्योतिलाई बोलाउने तयारी भएको थियो । इटहरी नजिकैको मोरङको बुढीगंगा महोत्सवमा भने ज्योतिले उत्तेजक प्रस्तुती दिएकी थिइन् ।
केही दिन अघिमात्र गीतसंगितको मागलाई नै विगारेको भनी गायिका आस्था राउतले यस्ता प्रवित्तिको विरोध गर्दा सामाजिक सञ्जालमा ज्योति भड्कीएकी थिइन् । उनीहरूबीच एकअर्कालाई घोचपेच समेत भएको थियो ।















प्रतिक्रिया