काठमाडौँ, २१ चैत । नेकपा एमालेका नेता एवम् पूर्वसांसद जागृतप्रसाद (जेपी) भेटवालको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका भेटवालको बुधबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।
भेटवाल ‘प्रोष्टेट’ क्यान्सरबाट पीडित थिए । केही समयअघिसम्म क्यान्सरलाई जितेरै सामाजिक काम गरिरहेका उनको शरीरका सबै अंगमा क्यान्सर फैलिएर अवस्था गम्भीर भएपछि वीर अस्पताल भर्ना गरिएको थियो ।
काभ्रे जिल्लामा जन्मिएका उनी परिवारसहित २०२० सालमा चितवन झरेका थिए । हाल उनी चितवनको भण्डारा घर बस्दै आएका थिए । २०४६ सालमा भएको जनआन्दोलनमा तत्कालीन पञ्चायतले उनलाई कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेको भन्दै ३० वर्ष कैद वा फाँसीको सजाय सुनाएको थियो ।
२०४८ सालमा उनी चितवन क्षेत्र नम्बर–१ बाट सांसद भएका थिए । पञ्चायतकालमा पनि उनी जनपक्षीय उम्मेदवार थिए । लोथर राप्ती ड्याक संरक्षण समितिका अध्यक्ष भएर १२ वर्षदेखि काम गरिरहेका उनले २ लाख घरपरिवारलाई बाढीबाट जोगाए । उनलाई गाउँमा सामाजिक अभियन्ताको रुपमा चिन्ने धेरै छन् ।















प्रतिक्रिया