न्युयोर्क, २१ चैत । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युब मुख्यालयमा आक्रमण भएको छ । एक बन्दुकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना घाइते भएका छन् । आक्रमणकारी महिलाले आफैंलाई गोली हानी आत्महत्या गरेकी छिन् ।
प्रहरीका अनुसार गोलीबारीका घाइते चार जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्थाका बारेमा केही जानकारी दिइएको छैन । सो आक्रमणका घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर छ । घाइते युवक आक्रमणकारी महिलाका केटासाथी हुन् । सो आक्रमणमा ३२ र २७ वर्षीया महिलालाई गोली लागेको छ ।
२३ वर्षीया युवतीको अवस्था गम्भीर छ भने २७ वर्षीय युवतीको स्वास्थ्यमा सुधार भएको छ । यूट्यूबको मुख्यलयमा भएको आक्रमणको प्रहरीले छानविन गरिरहेको छ ।
प्रहरीका अनुसार यूट्यूब मुख्यालयमा एक बन्दुकधारी महिला भएको खबर प्राप्त हुने वित्तिकै प्रहरी पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा एक संदिग्ध महिला मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले ती महिला आक्रमणकारी भएको अनुमान गरेको छ ।
घाइतेको संख्या बढ्न सक्ने जनाएको छ । गोलीबारी भएको जानकारी पाउने वित्तिकै घटनास्थलमा एम्बुलेन्स पुगेको थियो । यूट्यूबका प्रोडक्ट म्यानेजर टड शर्मनले लगातार ट्वीट गर्दै आक्रमणको जानकारी दिएका थिए । यूट्यूब मुख्यालयमा करिव १ हजार ७ सय मानिसले काम गर्छन् । – बीबीसी















प्रतिक्रिया