१ कार्तिक २०८३, आइतबार

कर्मचारीसँगको मिलेमतोमा सामुदायिक वनको रुख कटान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २१ चैत । मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया (८५ क्यूफुट) छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन् ।

उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र चौधरी, माहादेव थारु र नवलकिशोर शाहले मानझुण्डी सामुदायिक वनका अध्यक्ष शेरबहादुर रावलको मिलेमतोमा गत शनिबार छपान नगरिएको काठ पनि काटिएको आरोप उपभोक्ताले लगाएका हुन् ।

यस विषयमा वन कर्मचारी चौधरीसँग प्रश्न गर्दा उनले कारवाहीकै लागि ती काठ मानझुण्डी सामुदायिक वनको भवनमा राखिएकोे बताए । समितिका अध्यक्ष शेरबहादुर रावलले एक हजार ५८७ क्यूफुट काठ कटान गर्दा अपुग भएका कारण उपभोक्तालाई वितरणका लागि छपान नगरेका रुख पनि काटेको स्वीकार गरे ।

यसरी कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा उक्त सामुदायिक वनमा पहिले पनि पटक पटक रुख कटान गरी काठ तस्करी गर्ने गरेको उपभोक्ताले आरोप लगाउँदै आएका छन् । – रासस