३० आश्विन २०८३, शुक्रबार

रङ्गभेद विरोधी अभियन्ता मण्डेलाको निधन, प्रशंसकद्वारा शोक व्यक्त

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, २० चैत । रङ्गभेद विरोधी अभियन्ता तथा स्वर्गीय नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको सोमबार निधन भएको छ । उनी ८१ बर्षकी थिइन् ।

“रङ्गभेद विरोधी अभियानका नेतृ तथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्वपत्नी विनी मण्डेलाको जोहानेसवर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको छ,” मण्डेलाका प्रवक्ता भिक्टर ड्लामिनीले एक विज्ञप्ति जारी गरी बताए ।

मण्डेलाको निधनपछि मङ्गलबार विश्वभरबाट उनको योगदानलाई सम्झिँदै उनको निधनप्रति उनका प्रसंशक तथा शुभेच्छुकले सामाजिक सञ्जारमार्फत् शोक व्यक्त गरेका छन् ।

एक प्रशंसकले आफ्नो ट्वीटर पेजमा लेखेका छन्, “एक साहसी आमा तथा प्रसिद्ध रङ्गभेद विरोधी अधिकारकर्मीको निधन भएको छ । उहाँको योगदानलाई राष्ट्रबासीले सधैँ सम्झिरहनेछन् । हामी विनी मण्डेलालाई सम्मान गछौँ । उहाँको आत्मले शान्ति पाओस् । हामी विनीलाई राष्ट्रमाताका रूपमा सधैँ सम्झिरहने छौँ ।” –रासस/एएनआई