४ कार्तिक २०८३, बुधबार

रहेनन् साहित्यकार लुगुन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । इटहरीका अग्रज साहित्यकार जीबी लुगुनको निधन भएको छ । मंगलबार बिहान इटहरी-४ स्थित घरैमा निधन भएको हो । वि।सं। १९८४ सालमा भोजपुरमा जन्मेका लुगुन केही महिनायता बिरामी भएर घरमै थलिएका थिए ।

४० वर्षको उमेरदेखि साहित्ययात्रा थालेका लुगुनले उच्च शिक्षा हाँसिल गरेनन्, तर स्वअध्ययनको भरमा उनले किताबहरु लेखेका थिए ।

उनले लेखेका पुस्तकहरू साहित्यभन्दा पनि खोज र अनुसन्धानमा बढी केन्द्रित छन् । २०२७ सालयता उनले पुस्तक प्रकाशन थालेका थिए । ‘साकेला उभौली’ नामक राई जातिको संस्कृतिलाई प्रकाश पार्ने किताबदेखि ‘हिन्दु धर्मको विश्लेषणात्मक टिप्पणी’, ‘बुद्धको महानता अक्षय निधि’, ‘किराँत अस्तित्व’ जस्ता किताबसमेत उनले लेखे । म मेरै कवितामा रोएको छु ९कवितासंग्रह०, साहित्य सौरभ, साहित्य सागर, आत्मानिबन्ध, रसिक स्मारिकाजस्ता पुस्तक प्रकाशन गरेका थिए ।

उनले अच्छा राई रसिक साहित्य प्रतिष्ठान स्थापना गरेका थिए । जीवनको उत्तरार्धमा पनि युवाहरुलाई साहित्यमा लाग्न प्रेरणा दिन उनी सकिनसकि भएपनि कार्यक्रमहरुमा पुग्ने गर्थे ।

मंगलबार दिउँसो ३ बजे घरमा शोक सभा गरिने भएको छ ।