४ कार्तिक २०८३, बुधबार

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक

10.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।

श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार राति करिव ११ बजे अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित यशोदाको हरिसिद्धिको क्यान्सर अस्पतालमा निधन भएको वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले जानकारी दिए । यशोदालाई आन्द्रा, फोक्सो र मेरुदण्डको समस्या थियो ।

२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तरजातीय विवाह गरेका थिए । यशोदाका उनयमन र सरना दुई सन्तान छन् ।

श्रेष्ठलाई पत्नी शोक परेको खबर थाहा पाएपछि शुभेच्छुक, आफन्त र कलाकारहरू बिहानैदेखि अस्पतालमा जम्मा भएका छन् । श्रेष्ठकी पत्नी यशोदाको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने आचार्यले जानकारी दिए ।