२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जग्गा हेर्न भैरवा पुगे धुर्मुस

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा अवलोकन गर्न कलाकार सिताराम कट्टेल (धुर्मुस)सहितको टोली भैरहवा प्रस्थान गरेको छ । त्यहाँका विभिन्न स्थानमा प्रस्तावित जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने धुर्मुसले जनाएका छन् ।

प्राविधिकहरु समेत रहेको धुर्मुसको टोलीमा कलाकारहरु मनोज गजुरेल, कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गायक प्रमोद खरेल पनि छन् । टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रस्ताव गरेको जग्गाको पनि अवलोकन गर्ने योजना छ ।

सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको बताएका थिए । टोली त्यहाँ पनि पुग्ने छ ।

यसअघि सोमबार बिहान कीर्तिपुर र मुलपानीको मैदानको पनि धुर्मुसले अध्ययन–अवलोकन गरेका थिए । उनीसँग राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट पनि थिए ।

रंगशालाको नाम लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम प्रस्ताव गरिएको छ । यसको नेपाली नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सम्भावित केही स्थानहरुको अध्ययन अवलोकन पश्चात हामी कुन जिल्लाको कुन स्थानमा रंगशाला निर्माण गछौं भन्ने निर्णय गर्नेछौं’, धुर्मुसले भने ।