
काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिका–२१ टेकु सवहालमा घरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
संदिप देउलाको घरको तीन तलाको छतबाट सोमबार खसी घाईते भएका काठमाडौं महानगरपालिका–१७ बस्ने ४४ बर्षीय राकेश श्रेष्ठको काठमाडौँ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया