१ कार्तिक २०८३, आइतबार

सस्तो मूल्यमा भारतबाट लसुन–प्याज आयात भएपछि किसान समस्यामा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ चैत । उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् ।

नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए ।

काठमाडौं उपत्यका र त्यस आसपासमा असोज–कात्तिकमा लसुन रोपेर वैशाख–जेठमा टिप्ने गरिन्छ ।

छ/सात महिनासम्म उत्पादनका लागि कुर्नुपर्ने भएकाले किसानले त्यसको सट्टा सागपातबाट २० दिनदेखि, काउलीबाट ६० दिनदेखि र आलुबाट ९० दिनदेखि उत्पादन लिन थाल्ने जानकारी दिँदै उनले भने, ‘नेपालमा व्यावसायिक किसान बढ्दै छन् र उनीहरू छोटो अवधिमा नै नगद हातमा पर्ने तरकारी मात्रै लगाउन चाहन्छन् ।’

एक दशकयता अरु खालका तरकारीको आयात ह्वात्तै घटे पनि लसुन र प्याजको भने बढेको छ । भारतबाट सस्तो मूल्यमा भित्रने हुँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने चिन्ताले कम मात्रामा लसुन र प्याज रोप्ने गरेका हुन् ।

लसुन र प्याजमा आत्मनिर्भर बनाउने हो भने सरकारले नै किसानलाई प्रोत्साहनका कार्यक्रम गर्नुपर्छ । उनले भने, ‘हामीले किसानलाई घाटा हुँदैन भनेर विश्वस्त नबनाएसम्म हामी यी उत्पादनमा आत्मनिर्भर बन्न सक्दैनौँ ।’

तथ्यांकले आयात बढी देखाए पनि नेपाल धेरै खालका तरकारीमा भने आत्मनिर्भर छ । – रासस