१ कार्तिक २०८३, आइतबार

रसुवागढी र सान्जेनको प्राथमिक सेयर बाँडफाँड

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ चैत । रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्काशन गरेको प्राथमिक सेयरको बाँडफाँड गरेको छ । पहिलो र दोस्रो चरणको प्राथमिक शेयरको आइतबार बाँडफाँड भएको होे ।

रसुवागढीको सेयरमा ७० कित्तासम्म आवेदन दिने सबैले मागेजति शेयर पाएका छन् भने साञ्जेनमा सबैले ३० कित्तासम्म शेयर पाएका छन् ।

रसुवागढीको सेयरमा ७० कित्ता भन्दा बढी शेयरका लागि आवेदन दिएकामध्ये एक लाख ६२ हजार ६३९ जनाले थप १० कित्ता शेयर चिठ्ठाबाट पाएका छन् ।

यस्तै साञ्जेनको ३० कित्ताभन्दा बढि आवेदन दिनेमध्ये एक लाख ८५ हजार ३५ जनाले चिठ्ठामार्फत थप १० कित्ता शेयर पाएका छन् ।