३ कार्तिक २०८३, मंगलबार

मध्यराति हबल्दारले चौकीमा मस्ती गर्न ‘कल गर्ल’ बोलाएपछि…

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । काठमाडौँको थापाथलीस्थित प्रहरी बिटमा कार्यरत प्रहरी हबल्दारले कार्यालयमै ‘कल गर्ल’ बोलाएको रहस्य खुलेको छ ।

बिहीबार मध्यराति मस्ती गर्न ‘कल गर्ल’ बोलाएको खुलासा भएपछि प्रहरीले उनीमाथि कारबाही अघि बढाएको छ । बिहीबार राति पौने १२ बजे थापाथलीको प्रहरी बिटको ब्यारेकमा बाहिरबाट युवती ल्याएको सूचना महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी अपिल बोहोरालाई आएपछि उनले ड्युटीमा रहेको मोबाइल भ्यानलाई चेकिङ गर्न आदेश दिएका थिए । चेकजाँच गर्दा थापाथलीका बिटको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका हवल्दारको कोठामा रामेछाप घर भएकी एक युवती फेला परेकी थिइन् ।

मोबाइल टोलीले गरेको सोधपुछमा उनले मध्यराति युवती बोलाउनुको जबाफ दिन नसकेपछि निलम्बन प्रक्रिया अगाडि बढाइएको छ । उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । थापाथली ब्यारेकमा कार्यरत प्रहरीहरुका अनुसार, यसअघि पनि उनले मस्ती गर्न यसरी नै युवतीहरुलाई बोलाउने गर्थे । इन्चार्जले कार्यालय छाडेर हिँडन नमिल्ने भएकाले उनले कार्यलयमै युवतीहरु बोलाउने गरेको खुलेको छ ।

यसैगरी, मध्यराति ब्यारेकमा भेटिएकी युवतीमाथि पनि सार्वजनिक अपराधको मुद्दा चलाइएको सिंहदरबारका डीएसपी अपिल बोहोराले जानकारी दिए ।