न्युयोर्क, १८ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्वीटरमार्फत ट्वीटका कारण विश्व कै सर्वाधिक धनी एमाजोनका प्रमुख जेफ बेजोस लाई १०.७ अर्ब डलर घाटा लागेको छ । सदा झैँ राष्ट्रपति ट्रम्पले एमाजोनलाई लक्षित गर्दै लेखेको उक्त शब्दहरूले ठूलो सुनामी ल्याई दिएको हो ।
विश्व मै अन्य प्रतिस्प्रद्धामा रहेका हजारौ लाखौ खुद्रा बिक्रेतालाई व्यापार बन्द समेत गराउने स्थितिमा पुराउने एमाजोनका प्रमुखले उनको कूल सम्पति भारी नोक्सान बेहर्नु परेको छ । गत मार्च २९ तारिख राष्ट्रपति ट्रम्पले आफू चुनाव अघि नै एमाजोनबारे मेरो धारणा राखेको बताएका छन् ।
एमाजोनलाई इंगित गरे ट्रम्पले स्थानीय तथा राज्यलाई कर तिर्ने या नतिर्ने भनि लेखेका थिए । यसका साथै उनले हुलाक पद्दतिलाई समान पुराउने केटा जस्तै प्रयोग गर्ने र आश्चर्यजनक रुपमा हजारौ खुद्रा बिक्रेताहरू व्यापारबाट बाहिरिएका बारेमा लेखेका थिए ।
गत बुधबार बिहानदेखि एमाजोनको शेयर करिव ९ प्रतिशत झर्न गएको छ । करिव १०.७ अर्ब डलर खुद घाटा बेजोसले बेहर्नु परेको छ । केही समय अगाडि उनी ब्रम्हाण्ड कै सर्वाधिक धनी व्यक्ति भएका थिए ।
बेजोस एमाजोनमा कुल १०७.७ अर्ब डलर रहेको छ । एमाजोनको घाटा भएको खुद सम्पत्ति राष्ट्रपति ट्रम्पको कूल सम्पत्तिभन्दा पनि ज्यादा हुन्छ । एक अनुमान अनुसार राष्ट्रपतिको कूल अनुमानित सम्पत्ति ३.१ अर्ब डलर रहेको छ भनि याहू न्युजले लेखेको छ ।
योभन्दा अगाडि पनि राष्ट्रपति ट्रम्पले कर तिर्ने खुद्रा बिक्रेतालाई एमाजोनले ठूलो धक्का लगाएको लेखेका थिए । यसको साथै वाशिंगटन पोस्टमा स्वामित्व भएकोमा समेत आक्रमण गरेका थिए ।
वास्तवमा अन्य भौतिक रुपमा स्थापित खुद्रा बिक्रेतासंग प्रतिस्प्रधा गर्दै एमाजोनले बिक्रीकर झन्डै ४५ वटा राज्यबाट संकलन गर्छ । साउथ डकोटामा भौतिक रुपमा एमाजोन उपस्थिति छैन ।















प्रतिक्रिया