३० आश्विन २०८३, शुक्रबार

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको तयारी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, १८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वग्रस्त सिरियाबाट अमेरिका छिट्टै फर्किन लागेको संकेत गरेका छन् ।

मेरिकी सञ्चारमाध्ययम सीएनएनले राष्ट्रपतिले ओहाओको एक सम्बोधनलाई उद्धृत गर्दै जनाएको छ, ‘हामीले सिरियामा इस्लामिक स्टेट (आइएस) समूहलाई परास्त गरिसकेका छौं । हामी छिट्टै त्यहाँबाट फर्किनेछौँ। अब सिरियामा अरूले नै हेर्ने छन् । त्यहाँ अमेरिकाको आवश्यकता रहने छैन ।’

एक अमेरिकी अधिकारीले नाम गोप्य राख्ने शर्तमा भने राष्ट्रपति ट्रम्पले कुनै पनि समयमा सिरियाबाट फर्किने उर्दी जारी गर्नसक्न जानकारी दिए ।

अमेरिकी सैनिक कमाण्डरहरू भने यतिखेर सिरियाबाट फर्किहाल्ने पक्षमा नरहेका देखिन्छन् । उनले भने सिरियामा करिब ४०० विदेशी आइएस लडाकुलाई घेराबन्दीमा राख्न अमेरिकाको सहयोग प्राप्त सिरियाली प्रजातान्त्रिक शक्ति सफल भएको छ । यदि अमेरिका फर्केमा आइएसले पुनः आफ्ना गतिविधि विस्तार गर्न सक्नेछ ।

सिरियाली शहर तथा बजार क्षेत्रको शान्ति र स्थायित्वका लागि अमेरिकी विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगका अधिकारीहरूले काम गरिरहेका छन् ।

उनीहरूले विश्व समुदायसँग आक्रमणबाट ध्वस्त बनेका संरचना, पानी, बिजुली, विद्यालय तथा अस्पताल निर्माणमा सहकार्य गरिरहेका छन् । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् । उनीहरूले प्रजातान्त्रिक शक्तिसँग मिलेर आतंकवादविरुद्ध लड्दै आएका छन् ।