३० आश्विन २०८३, शुक्रबार

पत्नीसँग सम्बन्धविच्छेद नगरी ३० वर्ष कान्छी प्रेमिकासँग विवाह गर्दै व्यापारी माल्या

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । ६२ वर्ष पुगेका व्यापारी विजय माल्याले दोस्री पत्नीसँग सम्बन्धविच्छेद नगरी प्रेमिका पिंकी लालवानीसँग विवाह गर्ने भएका छन् ।

माल्या भारतीय कम्पनी किङफिसरका मालिक हुन् । उनले योसँगै तीन विवाह गर्नेछन् । उनकी प्रेमिका प्रशाले एयर होस्टेज हुन् । २०११ मा किङफिसर एयरलाइन्समा उनी एरय होस्टेजका रूपमा जोडिएकी थिइन् । २०१२ मा यो कम्पनी बन्द भएको थियो । तीन वर्षदेखि दुवैजना सम्बन्धमा रहेको बताइएको छ ।

प्रेमिकासँग माल्याको ३० वर्षको ग्याप समेत रहेको बताइन्छ । पिंकी माल्यासँगै हर्टफोर्डशायरमा रहेको बंगलामा बस्छिन् जुन लन्डनभन्दा केही पर रहेको छ ।

माल्यको पहिलो विवाह एयर इन्डियाकी एयरहोस्टेज समीरा तेयबसँग १९८६ मा भएको थियो । पहिली पत्नीसँग सम्बन्ध विच्छेद गरी माल्याले बाल्यकालकी साथी रेखासँग १९९३ मा विवाह गरेका थिए । एजेन्सी