४ कार्तिक २०८३, बुधबार

नायिका निशा अधिकारीले किन अमेरिकामै बच्चा जन्माउन चाहिन् ?

34.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । अमेरिकाका विभिन्न ठाउँका तस्बीरलाई गर्भवती अवस्थामा रहेकी अभिनेत्री निशा अधिकारीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन् ।

एक वर्षअघि क्रिकेटर शरद भेष्वाकरसँग विवाह गरेकी निशा गर्भवती भएको थाहा पाउनासाथ अमेरिका छिरेकी थिइन् । उनले पहिलो सन्तानको जन्म त्यहीँ गराउने उद्देश्य राखेकी छन् ।

अमेरिकामै सुत्केरी हुने चाहना किन ?

निशा मात्र होइन्, आप्रवासीहरु अमेरिकामै सुत्केरी हुन चाहन्छन् । आफ्ना सन्तानलाई अमेरिकी भूमिमा जन्म दिए स्थायी बसोबासको अनुमति त्यहाँको सरकारले दिने लोभमा यस्तो हुने गरेको एउटा अध्ययनले देखाएको छ ।

अमेरिकामा एक पटक भिसा लागेका दम्पत्तीले बच्चा जन्माउने प्रचलन यसको उदाहरण हो । निशा पनि यही भित्रको अवसर लिन अमेरिका पुगेकी हुन् । विश्वभरका लाखौँ सर्वसाधारणले लिएको अमेरिकी उदार कानुनको फाइदा निशाले पनि उठाउन लागेकी हुन् ।

खाडी मुलुकका धनाढ्यहरू पनि अमेरिकामा बच्चा जन्माउन जाने गरेका छन् । अमेरिकामा गैरकानुनी रूपमा छिरेका वा पर्यटक बनी छिरेर बच्चा जन्माउँदा देश निकाला गर्दैन । बालबालिका सम्बन्धी कानुन र व्यवहारमा अमेरिका उदार छ । जसरी भएपनि अमेरिका नछोड्ने मानसिकता भएकाहरू यसरी अमेरिकामा बच्चा जन्माउँछन् । कानुनी कागजात नभएता र नबनेता पनि अमेरिका छिरे पछि पर्यटकहरू स्थाई रूपमा बस्नका लागि यस्तो उपाय अपनाउने गर्छन् ।

गत बर्षको एउटा तथ्यांकले ३६ हजार विभिन्न मुलुकका नागरिक पर्यटक बनी अमेरिका छिरे र बच्चा जन्माए । आफ्ना बच्चाले अमेरिकी नागरिकता पाउने आशमा बाबुआमाले यो उपाय अपनाउँछन् । निशा केही वर्ष अघि हिमाल भ्रमणका क्रममा पर्यटक भिसामा अमेरिका छिरेकी थिइन् । मल्टिपल भिसा लागेकी उनको ग्रिनकार्ड प्रस्ताव अमेरिकाले रिजेक्ट गरेपछि आमा बन्न त्यहाँ पुगेकी अनुमान गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांक अनुसार सन् २०१२ को सर्वेक्षणले झन्डै ९ लाख महिलाहरूले विदेशमा जन्मिएका बच्चासमेतलाई अमेरिकामा जन्मिएको बताएका थिए ।

अमेरिकाको एउटा प्रतिवेदनअनुसार १८ देखि २७ हजार बच्चा वार्षिक रूपमा अमेरिकामा पर्यटकबाट जन्मिने गरेका छन् । अमेरिकाको जनसंख्याको यो एक प्रतिशत हो ।

एउटा अध्ययनमा झन्डै ८ हजार सुत्केरी महिलाले अस्थायी रूपमा अमेरिका बसेको बताएका थिए । यो कानुनको फाइदा चीनले ज्यादा अपनाउने गरेको पनि बताइन्छ । चीनमा झन्डै ५ सय भन्दा ज्यादालाई तालिम दिएर अमेरिका छिराउने गरेको छ ।

रूसबाट हरेक उडानमा बच्चा जन्माउन अमेरिकाको फ्लोरिडाको मियामीमा पुगेको आँकडाले देखाएको छ । रसियनहरूले करिब २० हजार डलरसम्म खर्च गरी यसरी गर्भवती महिला पठाउने गरेका छन् ।

अमेरिकामा साना मुलुक तथा दक्षिण अमेरिकन देशबाट गर्भवती जाने गरेको तथ्यांकको सूची छैन । कानुनी रूपमा अमेरिका पुगेकाको तथ्यांक अमेरिकी सरकारले राख्ने गरेको छैन ।

यसरी नियतिपूर्ण रूपमा सुत्केरीको नाममा भएको मानव ओसार पसारको नाममा शंका लागेमा अमेरिकन अध्यागमन विभागले छापा पनि मार्ने गरेको छ । तर आफैंले अनुमति दिएपछि भने उसले खोज्ने गरेको छैन । यसैले अमेरिकामा पर्यटक आमाको संख्या वर्षेनी बढ्ने गरेको छ । निशा पनि पर्यटक आमा हुनका लागि गर्भवती अवस्थामा त्यहाँ पुगेकी हुन् त भन्ने टिप्पणी चल्न थालेको छ ?