मुम्बई । भारतीय फिल्मका अभिनेता अल्लु अर्जुन युवापुस्तामा रुचाइएका अभिनेता हुन् । उनी दक्षिण भारतीय फिल्मको तेलेगु भाषाका चर्चित स्टार मानिन्छन् । धेरैले उनलाई ‘आर्या’ नामक फिल्मका कलाकारका रूपमा चिन्छन् । उनलाई तेलेगु फिल्म उद्योगका स्टाइलिस स्टार मानिन्छ ।
उनी तेलेगु फिल्मका महँगा स्टारसमेत हुन् । उनी तेलेगु भाषाको माझ नभई भारतभर र अन्य देशमा पनि उत्तिकै चर्चित छन् । उनी नेपालमा समेत रूचाइने कलाकार हुन् । यूट्यूबमा रिलिज गरिएका उनी अभिनित हिन्दी डब फिल्मले पछिल्लो समय ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमाउने गरेका छन् ।
अल्लु अर्जुन अभिनित ‘सरैनोडु’को हिन्दी डब भर्सनले युट्युबमा सर्वाधिक हेरिएको भारतीय फिल्मको कीर्तिमान कायम गरेको छ । यसबाट उनको लोकप्रियताको अनुमान लगाउन कठिन हुँदैन । सन् २०१६ मा रिलिज भएको फिल्मको डब भर्सन यूट्यूबमा सन् २०१७ मे २८ मा रिलिज भएको थियो ।
फिल्मले १४ करोड ५८ लाखभन्दा बढी भ्युज कमाएपछि फिल्म यूट्यूबमा सर्वाधिक भ्यूज पाउने भारतीय फिल्म बन्न पुगेको छ । उनको यस फिल्मले व्यापार र लोकप्रियताको हिसाबले फराकिलो मानिएको बलिउड फिल्मलाई समेत पछाडि पारेको छ । कीर्तिमान राख्न सफल भएको हो ।
अल्लु अर्जुनको गिन्ती पछिल्लो समय सर्वाधिक पारिश्रमिक बुझ्ने तेलेगु फिल्मस्टारका रूपमा दर्ज छन् । रिपोर्ट अनुसार उनले प्रतिफिल्म १३ देखि १५ करोड भारू पारिश्रमिक बुझ्ने गर्छन् । महँगो पारिश्रमिक बुझ्ने स्टारको पारिवारिक पृष्ठभूमि पनि फिल्म नै हो । उनको जीवनशैली उस्तै लोभलाग्दो छ ।
हैदराबादमा उनी १०० करोड भारूको घरमा बस्छन् । उनको सो मूल्यको घर बाहिरबाट हेर्दा बाकस जस्तो देखिन्छ । उनको घरको आन्तरिक साजसज्जा निक्कै भव्य छ । उनको घरमा अत्याधुनिक घरमा हुनुपर्ने सबै सुविधाहरू छन् । अल्लु सुपरस्टार अभिनेता चिरञ्जिवीका नातेदार हुन् । धेरैलाई थाहा छैन् ।
उनी फोब्र्स इन्डियाको टप १०० अभिनेताको सूचीमा समेता अटाएका अभिनेता हुन् । अल्लु अर्जुन सूचीको ५० स्थानमा परेका थिए । १५ फिल्ममा काम गरेका अल्लु २ वर्षको उमेरदेखि अभिनयमा सक्रिय छन् । – एजेन्सी















प्रतिक्रिया