काठमाडौं, १७ चैत । नेपालको लागि फोर्डको आधिकारिक वितरक जिओ अटोमोवाइल्सले मस्टाङ सार्वजनिक गरेको छ ।
नेपालको लागि अमेरिकी राजदूत एलियाना टेप्लिट्जले मस्टाङ सार्वजनिक गरेकी हुन् । गत वर्षको नाडा अटो शोमा मस्टाङ अकर्षणको केन्द्र बनेको थियो ।
५ लिटर इन्जिन क्षमता भएको मस्टाङमा भि ८ इन्जिन जडान गरिएको छ, जसले ६५०० आरपिएममा ४६० पिएस शक्ति दिन्छ भने ४२५० आरपिएममा ५३० एनएम टर्क उत्सर्जन गर्छ ।
यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । २७२० मिलिमिटर ह्विल वेस भएको यस गाडीले ४ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्ने कम्पनीको दावी छ ।
अटो अन अफ हेडल्याम्प, डे टाइम रनिङ लाइट, ९ वटा स्पिकर भएको साउण्ड सिस्टम, रेयर भ्यु क्यामरा रहेको छ ।
ड्राइभरको लागि डबल फ्रन्ट एअरब्याग, यात्रुको लागि साइड एअरब्यागका साथै खुट्टाको सुरक्षाको लागी पनि एयर ब्याग रहेको कम्पनीले जनाएको छ ।
पर्सनल सेफ्टी सिस्टम, ठोकिनु भन्दा पहिला सुचना दिने पोष्ट क्रयास अलटै सिस्टम पनि समावेश छ । यसमा मुलायम लेदर स्टेरिङ कभरका साथै इन्टेरियर पनि नरम रहेको कम्पनीले जनाएको छ ।
एलइडी टेल लाइट, पावर स्टेरिङ लगायत अन्य धेरै फिचर्सहरू समावेश गरिएको छ । कम्पनीले यसको मूल्य १ करोड ६९ लाख निर्धारण गरेको छ ।















प्रतिक्रिया