दमासकस, १७ चैत । सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने घौटाबाट एक लाख २८ हजार विस्थापित भएका छन् ।
विद्रोहीको नियन्त्रणमा रहेकाले त्यो ठाउँ उनीहरूले छाडेका राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएको छ । सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै सानाले सम्प्रेषण गरेको समाचारअनुसार ठूलो संख्यामा आमनागरिक विस्थापित भएका हुन् ।
सुरक्षाकर्मीहरूले घटनास्थलमा सुरक्षा कारबाही जारी राखेको पनि समाचारमा उल्लेखे छ । मंगलबार मात्रै झण्डै ५ सय जना सर्वसाधारण घौटाबाट विस्थापित भएका छन् ।
उनीहरू घौटाबाट भागेर सरकारको नियन्त्रणमा रहेको वाफिडिन क्षेत्रमा पुगेका हुन् । वाफिडिन क्षेत्र राजधानी दमासकसदेखि उत्तरपूर्वी क्षेत्रमा पर्दछ । सिरियाली जिहादी समूहलाई आफ्नो कब्जामा राख्दै आएको इस्लामिक स्टेट (आइएस) समूहले राजधानी दमासकसको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि आक्रमण गरेको छ ।
आइएस समूहले दमास्कस र प्यालेस्टिनी शिविर यारमुक, हजार अल–असाद तथा तादामुन क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ। पूर्वी घौटा क्षेत्रबाट द्वन्द्वको भुमरीबाट बच्नकै लागि आमनागरिक विस्थापित हुनुपरेको हो ।
विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने घौटा क्षेत्रमा सरकारी फौजले विगत एक महिनायता चलाएको कारबाहीपछि ठूलो संख्यामा सर्वसाधारण पलायन भई सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको छ ।
सिरियाली राज्य सञ्चालित टेलिभिजनले पनि करिब चार लाख जनसंख्या रहेको घौटाबाट विस्थापित हुनेहरूको संख्या बढिरहेको समाचार प्रसारण गरेको छ ।
विस्थापित सबैजना सिरियाली सेनाले मानवीय सहयोगका लागि खुला गरेको बाटोे प्रयोग गर्दै घौटाबाट बाहिरिएका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । – सिन्ह्वा















प्रतिक्रिया