३ कार्तिक २०८३, मंगलबार

खुमबहादुर खड्काको निधनमा बामदेव गौतमको हृदयविदारक पत्र

14.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मार्मिक श्रद्धान्जली पत्र लेखेका छन् ।

भारतमा खड्काको निधन भएको खबर थाहा पाउनासाथ गौतमले श्रद्धाञ्जली पत्र लेखेका हुन् । खड्का र आफ्नो हक्की स्वभाव समान रहेको भन्दै गौतमले लेखेका छन्:

खुमबहादुर खड्का,
कहिले लड्यौ – कहिले मिल्यौ
हकी स्वभाव समान थियो
आज तिमी बिदा भयौ संसारबाट
श्रद्धाञ्जली तिमीलाई !

काँग्रेस नेता खडकाले २०५४ सालमा एमाले फुटाउन गौतमलाई आफूले पनि साथ दिएको हाकाहाकी बताउँदै आएका थिए । गौतम र खड्काबीच कुनैबेला निकै घनिष्ठ सम्बन्ध थियो ।