३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली २३ गते भारत जाने पक्का

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत २३ गते भारत भ्रमणमा जाने भएका छन् । ओली तीन दिने राजकीय भ्रमणका लागि भारत भ्रमणमा जाने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् । भ्रमण सकेर उनी चैत २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रले बताएको छ ।