२ कार्तिक २०८३, सोमबार

रुसलाई फाइदा हुने गरेर फिफाले राख्यो रेफ्री, ब्रिटिश हेरेको हेरै

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

मस्को, १६ चैत । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबल पछिल्लो ८० वर्षमा पहिलोपटक ब्रिटिस रेफ्री बिहीन हुने भएको छ ।

सन् १९३८ देखि हरेक पटक विश्पकप फुटबलमा ब्रिटिस रेफ्री हुने गरेका थिए । यो पटक भने कुनै पनि ब्रिटिस रेफ्री छैननन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेको छ । त्यसमा इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका कोही पनि परेका छैनन् ।

फिफाले प्रतियोगिताका लागि ३६ रेफ्री र ६३ सहायक रेफ्रीको नाम सार्वजनिक गरेको हो । रेफ्री र सहायक रेफ्री गरी ४६ देशका रहेका छन् । – एजेन्सी