४ कार्तिक २०८३, बुधबार

कति पढेका छन् यी कलाकारहरूले ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका अभिनेता अमिताभ बच्चनदेखि परणिती चोपडासम्म जसले पढेर फिल्म उद्योगमा करियर सुरु गरे । अमिताभ बच्चनले नैनीतालको शेरबुड कलेजबाट स्नातक गरेका छन् । त्यसपछि दिल्ली युनिभर्सिटीको किरोडिमल कलेजबाट आर्टस् र साइन्स पढेर पास गरे ।

पछिल्लो पुस्ताका युवा अभिनेता आर.माधवनले इलेक्टोनिक्समा स्तानक गर्दै डिग्री लिएका छन् । पढाई सकाएलगत्तै महाराष्ट्रमा बेष्ट एनसीसी क्याडेटका लागि छानिएका माधव स्थल र वायु विंगमा तालिम लिन इंग्ल्याण्ड गएका थिए । त्यसपछि उनले फिल्मी करियरका लागि संघर्ष गरे। उनी ‘रहना है तेरो दिल मे’बाट बलिउडमा चिनिए ।

पछिल्लो समय विकिनी र हट पोशाकलाई लिएर चर्चामा रहने अभिनेत्री अमीषा पटेल पनि पढेकी कलाकार हुन् । उनी इकोनोमिक्समा गोल्ड मेडलिष्ट हुन् । पटेलले बायोजेनेटिक इन्जिनियरिङमा पनि डिग्री गरेकी छन् ।

बलिउडका चक्लेटी अभिनेता बरुण धवनले लण्डनको ट्रेण्ट युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा डिग्री गरेका छन् । बलिउडका हेण्डसम हिरो जोन अब्राहम पनि पढेका अभिनेता हुन् । इकोनोमिक्समा डिग्री गरेका जोनले एमबीए पनि गरेका छन् ।

अभिनेत्री प्रिती जिन्टा कलाकरितामा खासै सफल नभएपनि पढाईमा भने अब्बल छिन् । उनले अंग्रेजीमा ग्राजुएशन गरेकी छन् भने साइकोलोजीमा मास्टर डग्री पढेकी छिन् ।

फिल्ममा खासै चल्न नसकेकी परिणती चोपडा पनि पढाईमा अगाडि छिन् । उनले बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छन् । प्रियंका चोपडाकी बहिनी समेत रहेकी उनले लण्डनके म्यानचेस्टर बिजनेस स्कूलबाट यी विषयमा डिग्री गरेकी हुन् । – एजेन्सी