
काठमाडौँ, १५ चैत । बुद्ध एअरले आउँदो २२ चैत (अप्रिल ५) देखि प्रदेश ७ को राजधानी धनगढीमा काठमाडौंबाट थप एक उडान गर्ने भएको छ । काठमाडौंबाट बिहान ७ र साँझ ५ बजे उडान हुनेछ ।
नागरिक उड्डयन प्राधिकरणको सहयोगमा स्याटेलाईट प्रणाली तथा (RNAV) बाट, कम भिजिविलिटी तथा रात्रिकालिन उडानको बुध्द एयरले सफल परीक्षण गरिसकेको छ । यो विधि अन्तर्राष्ट्रिय स्तर अनुरूप सुरक्षाका सम्पूर्ण दृष्टिले विश्वासिलो प्रमाणित भइसकेको छ ।
स्याटेलाईट प्रणालीबाट उडान भर्दा मात्र १७०० मिटरको भिजिविलिटी र अन्य मौसम तथा रात्रिकालिन उडान पनि सजिलै हुने हुँदा धनगढीलाई थप उडानबाट जोडिन लागिएको कम्पनीले जनाएको छ । यसअघि खराब मौसम र एयर ट्राफिकका कारण उडानमा ढिलाई र रद्दसमेत हुने गरेको थियो ।
थप उडानबाट यात्रुहरूले उही दिन धनगढी–काठमाडौं ओहोरदोहोर गर्न सजिलो हुनुको साथै सिमापारी नैनिताल, हरिद्वार, ऋषिकेश,देहरादून तथा अन्य स्थानहरूमा पनि आवतजावत गर्न सजिलो हुने भएको छ ।















प्रतिक्रिया