३ कार्तिक २०८३, मंगलबार

कोठाभित्र भेटियो रगत लागेको छुरा र कपडा, यसरी फत्ते गरे आमा–छोरीले काम !

18.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १५ चैत । आन्तरिक विवाद हुँदा मकवानपुर जिल्लामा बुहारीले आफ्नै छोरीसँग मिलेर ससुराको हत्या गरेकी छिन् ।

बकैया गाउँपालिका वडा नम्बर ७ को हर्दा भन्ने स्थानमा बस्ने ५६ वर्षीय सूर्यबहादुर स्याङतानलाई सुतिरहेको अवस्थामा बुहारी ३६ वर्षीया ठूलीमाया स्याङतानले धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् एसपी विकास खनालले जानकारी दिए ।

सूर्यबहादुरको हत्यामा ठूलीमायाकी १४ वर्षीया छोरी मनिता स्याङतानले समेत साथ दिएकी थिइन् ।

ठूलीमायाका श्रीमान बिगत ३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा छन् ।

हत्या अभियोगमा प्रहरीले आमा र छोरी दुबैलाई पक्राउ गरेको छ । घरायसी विवादमा आमा र छोरी मिलेर सूर्यबहादुर स्याङतानलाई हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको एसपी खनालले बताए ।

हत्याको सूचना पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । हत्याका बेला ठूली माया र मनिताले चक्कु प्रयोग गरेका थिए ।

‘ठूलीमायाले लगाएको कपडामा चक्कु प्रयोग गरी हत्या गर्दा रगत लागेकोले उक्त कपडा पोको पारी घरभित्र लुकाई राखेको अवस्थामा भेटिएको छ’, एसपी खनालले बताए ।

प्रहरीले पक्राउ परेका आमा र छोरीलाई मकवानपुर जिल्ला अदालतमा पेश गरेको छ । अदातलले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।