३ कार्तिक २०८३, मंगलबार

करोडौंको घोटालापछि एनआईडीसी बैंक ‘घिटिघिटी’, पूर्व सिइओ यादव फरार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । एनसीसी बैंक घोटला प्रकरणपछि एनआईडीसी डेभलपमेन्ट बैंकको पनि कर्जा रकम दुरुपयोग भएको तथ्य बाहिर आएको छ । एनआईडीसी बैंकका पूर्व सिइओ शिवजी राय यादव यतिखेर पक्राउ पर्ने डरले फरार छन् । एनआईडीसी क्यापिटल मार्केटमा भएको १२ करोड घोटलामामा मुछिएका यादवलाई राष्ट्र बैंकले जरिवाना समेत गरिसकेको छ ।

नवलपरासीको देवचुलीस्थित निर्माणाधीन सागर डिष्ट्रिलरी प्रालिको नाममा एनआईडीसीले प्रवाह गरेको कर्जा रकम पनि दुरुपयोग भएको आरोप सञ्चालक किशोरप्रसाद भट्टराईले लगाएपछि विवाद बाहिर आएको हो । स्रोतका अनुसार कर्जावापत निकासा भएको रकम अग्रवाल र बैंकका पूर्व महाप्रबन्धक शिवजी राय यादवले दुरुपयोग गरेको बताइएको छ । बैंक घोटालामा गरेको तथ्य अनुुसन्धानबाट फेला परेपछि सीआईबीले बैंकका महाप्रबन्धक यादवलाई पक्राउ गर्ने तयारी गरेको स्रोतको दाबी छ । तर, अहिले यादव स्वच्छिक अवकाशको योजनामा सहभागी भई फरार भएका छन् ।

भट्टराईले बैंकका कर्मचारी र उद्योगका शेयर सञ्चालक अमित अग्रवालको मिलेमोतोमा कर्जा रकम दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), आन्तरिक राजस्व विभाग, उद्योग विभालगायतका निकायमा उजुरीसमेत दिएका छन् ।

उद्योग निर्माणका निम्ति २०७२ सालमा ११ करोड ९५ लाख रुपैयाँ ऋण स्वीकृत भएको थियो । कर्जा रकम निकासा गर्ने पर्याप्त आधारबिना कम्पनीका सञ्चालक अग्रवाल र बैंकका कर्मचारीबीचको मिलेमोतोमा गैरकानुनी तरिकाबाट उक्त कर्जा निकासा गरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको भट्टराईले आरोप लगाएका छन् ।

हालसम्म उद्योग निर्माणमा ४–५ करोडभन्दा बढी खर्च नभएको उल्लेख गर्दै भट्टराईले उजरीमा भनेका छन्, ‘ऋण निकासाको आधार पेश नगरी अग्रवाललाई ९ करोड रुपैयाँ ऋण निकासा भएको छ । उद्योग विभागबाट प्रत्येक वर्ष उद्योग दर्ता प्रमाणपत्र नवीकरण गरेर पेश गरेपछि मात्रै ऋणको रकम प्रवाह गर्ने पूर्वसहमति तोड्दै बैंकले अग्रवालको भरमा रकम निकासा गरिएको छ ।’

सो रकम उद्योगमा नभई व्यक्तिगत प्रयोजनमा खर्च भएको उनले आरोप लगाएका छन् । आठ जना सञ्चालक रहेको उद्योगमा व्यक्तिगत तरिकाबाट कर्जा रकम निकासा गर्न र त्यसलाई बैंककै कर्मचारीले दुरुपयोग गर्न सहयोग गरेको बताइएको छ । कम्पनीको सञ्चालक समितिले ऋण लिने भनी गरेको निर्णयको अधिकार अग्रवालले दुरुपोग गरेर रकम निकासा गर्दा यसमा बैंकका उच्च कर्मचारीको साथ रहेको भनिएको छ ।