३ कार्तिक २०८३, मंगलबार

यौनसम्पर्क गर्न अन्यत्र जाँदै गर्दा दुर्घटना, गौरीकलाको हत्यामा संलग्न ३ जना पक्राउ

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ चैत । सुर्खेत जिल्लामा एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ट्राफिक प्रहरीसति ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् ।

प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।