
काठमाडौँ, १३ चैत । नेपालको सबैभन्दा विश्वसनीय तथा नम्बर १ स्मार्टफोन ब्रान्ड सामसङले, मार्च २३ देखी काठमाडौँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस नाइन र एस नाइन प्लसको वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख प्रणय रत्न स्थापितको उपस्थितिमा एस नाइन र एस नाइन प्लसको अनावरण सामसङको मुहारको रुपमा रहेकी ज्योत्सना योगीद्वारा गरिएको थियो ।
‘मैले पछिल्ला केही दिनदेखि ग्यालेक्सी एस नाइन प्लसको प्रयोग गरिरहेकी छु र असाध्यै खुसी छु । ग्यालेक्सी एस नाइन र एस नाइन प्लस एक सुन्दर स्मार्टफोन हो जुन मेरो व्यक्तित्वसँग मेल खान्छ र मलाई एक फरक पहिचान दिएको छ । मलाई यसको क्यामेरा, एआर ईमोजी र सुपर स्लो–मो फिचर निकै मन परेको छ’, उनले भनिन् ।
ग्यालेक्सी एस नाइन र एस नाइन प्लस संसारको सर्वाेत्कृष्ट क्यामेरा ड्वल एपरचर लेन्सको विशेषतासहित निर्माण गरिएको हो । ‘ग्यालेक्सी एस नाइन र एस नाइन प्लस एक छुट्टै श्रेणीका स्मार्टफोनहरू हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनुहुनेछ । सुपर स्लो–मो र एआर ईमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्’ सामसङ मोबाइल फोनका प्रमुख स्थापितले भने ।
ग्यालक्सी एस नाइन र एस नाइन प्लस क्रमशः १ लाख ४ हजार ९०० र ९२ हजार ९०० मा उपलब्ध छन् । प्रयोगकर्ताहरूले ५००० को क्यासब्याक प्राप्त गरी उक्त फोन प्रभावकारी मूल्य ९९ हजार ९०० र ८७ हजार ९०० मा खरिद गर्न सक्नेछन् ।
लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा यस नयाँ मोडल उपलब्ध छन् । सामसङले १२ हप्ताको लागि १२००० जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । शिखर बीमाको सहयोगमा सामसङले आफ्ना ग्राहकहरुलाई एक वर्षे बीमा पनि प्रदान गर्दछ ।
साथै, एस नाइन र एस नाइन प्लस सजिलो ईएमआई मा उपलब्ध गराउन सामसङले ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट बैँक, लक्ष्मी बैँक, मेगा बैँक र कुमारी बैँक जस्ता विभिन्न बैँकहरूसँग साझेदारी गरेको छ ।















प्रतिक्रिया