३० आश्विन २०८३, शुक्रबार

चीनले भन्यो-किम जोङ उन आएको बारे कुनै जानकारी छैन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ । उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन ।’ मङ्गलबार आयोजित विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस विषयमा कुनै सूचना प्राप्त गरेपछि त्यसलाई सार्वजनिक गर्ने प्रवक्ता हुवाले बताए ।

यसअघि केही उत्तर कोरियाली नेता किम बेइजिङ पुगेको समाचार सार्वजनिक भएको थियो ।  जापानी केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए ।

तर, त्यस समाचारमा के कति सत्यता छ भन्ने बारेमा भने अझै पुष्टि हुन सकेको छैन । -एजेन्सी