
काठमाडौं, १३ चैत । राष्ट्रियसभाका सांसद रामनारायाण बिडारीले नेपालमा फेसबुक, टुइटर जस्ता सामाजिक सञजाल बन्द गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै सांसद बिडारीले सामाजिक सञ्चाल बन्द बन्द नगरे नेपालमा विकास नहुने तर्क गरे ।
ुयता हेर्यो, उता हेर्यो टिप्पणी र नकारात्मक कुराहरुको मात्र प्रचार भइरहेकाले सरकारले तत्काल यसलाई बन्द गर्नुपर्छ। विशेष समयमा बोल्दै बिडारीले भने, यता ऊ भाइबरमा व्यस्त, उता ट्विटरमा रिट्विट गरिरहेका, ह्वाट्सएपमा के पठाइरहेका, यस्तो कार्यले देशको विकास हुँदैन।’
बिडारी माओवादीका सांसद हुन् । कर्णाली प्रदेशले सरकारी कार्यालयहरुमा पूर्ण रुपमा फेसबुक बन्द गर्ने निर्णय गरिसकेको छ ।















प्रतिक्रिया