१ कार्तिक २०८३, आइतबार

सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको छ । कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको छ ।

कम्पनीको अनुसार, तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक रहेको छ । नेपाली परिवारलाई खरिदअघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको छ ।

सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तले भने, ‘हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छौँ र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौँ ।’

सेलेरियो ‘द पर्फेक्ट फेमिली कार’को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरियो र एक भाग्यशाली ग्राहकले रु १ लाखको क्यासब्याक प्राप्त गरे ।