
काठमाडौँ, १३ चैत । मंगलबार संघीय संसद अन्र्तगत राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अघिल्लो सरकारले ल्याएका दुई वटा अध्यादेश पेश गर्ने तयारी गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश मंगलबार पेश हुन लागेका हुन् ।
संसद सचिवालयका अनुसार यी दुई अध्यादेश मंगलबारको राष्ट्रिसभा बैठकमा पेश हुने र छलफल समेत हुन सक्ने बताइएको छ ।
सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदबाट अनुमोदन हुन नसके अध्यादेश स्वतः निष्कृय हुने प्रावधान ।















प्रतिक्रिया