मुम्बई । बलिउड अभिनेत्री करीना कपूर खान छिट्टै रिलिज हुने तयारीमा रहेको फिल्म ‘वीरे दी वेडिंग’बाट कम्ब्याक गर्ने भएकी छिन् ।
फिल्म रिलिजको तयारी भइरहेका बेला करीनाको शरीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना गरिएको छ । आफ्नो फिटनेसलाई लिएर चर्चित बनेकी करीनाले हालै डिजाइनर मनीष मल्होत्राका लागि सिंगापुरमा र्याम्पमा क्याटवक गरेकी छिन् ।
करीनाकी साथी अभिनेत्री अमृता अरोडाले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरमा करीनाको शरीरको हड्डी देखिएका छन् । उनको दुब्लो शरीरको आलोचना भएको हो ।
करीनालाई सामाजिक सञ्जालमा त्यो तस्बिर देखेपछि कुपोषणको शिकार भएको भनेर टिप्पणी गरेका छन् । – एजेन्सी















प्रतिक्रिया