३० आश्विन २०८३, शुक्रबार

झुटो समाचार लेख्नेलाई दश वर्ष जेल सजाय हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालम्पुर, १३ चैत । मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पीडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताए ।

प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ ।

भ्रामक समाचारको दुरुपयोग निर्वाचनको बेला अत्यधिक हुने भएकाले निर्वाचन अगाडी नै त्यसलाई लागु गर्न सरकारले तयारी गरेको हो ।

विपक्षी दलका सांसदहरुले भने यस्तो व्यवस्था गर्न लागिएकोमा विरोध जनाएका छन् । विपक्षी सांसद कारलस सान्तीयागोले विपक्षीलाई जवरजस्त मौन बनाउनका लागि शक्तिशाली हतियारको रूपमा यो कानुन बनाउन लागिएको आरोप लगाए ।

प्रस्तावित मस्यौदामा भ्रामक समाचारलाई विश्वव्यापी समस्याको रुपमा चित्रित गर्दै दण्ड र सजायको व्यवस्था अत्यावश्यक भएको उल्लेख गरिएको छ । – एएफपी