१ कार्तिक २०८३, आइतबार

सेयर बजार ५२ अंकले ओरालो, दुई कम्पनी नाफामा !

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ चैत । सोमबार सेयर बजार ५२ अंकले ओरालो लागेको छ । तर, पनि दुई कम्पनीका लगानीकर्ता नाफामा छन् । सोमबार १ सय ५७ कम्पनीको कारोबार भएको थियो । नेप्से परिसूचक ओरालो लाग्दा प्रोग्रेसिभ फाइनान्सको मूल्य ९.८६ प्रतिशत र स्वदेशी माइक्रोफाइनान्सको मूल्य १.९२ प्रतिशतले उकालो लागेको हो ।

फाइनान्सको सेयर मूल्य १४ रुपैयाँ अर्थात् ९ दशमलब ८६ प्रतिशतले बढेको छ । यस्तै, स्वदेशी लघुवित्तको सेयर मूल्य १० रुपैयाँ अर्थात् १ दशमलब ९२ प्रतिशतले बढेको छ ।

नेप्सेमा सोमबार कारोबार खुलेको एक घन्टा नपुग्दै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अन्ततः ५१ दशमलब ८९ प्रतिशतले घटेर १ हजार १ सय ६८ दशमलब ८९ को बिन्दुमा आइपुगेको छ ।

कारोबार खुलेदेखि नै ओरालो लागेको बजारमा कारोबार रकम भने बढेको छ । ४७ करोड ३३ लाख ९५ हजार ४ सय ११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार ४३ करोड ८२ लाख ५६ हजार १ सय ३४ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएका थिए ।

सोमबारको कारोबारमा आएको सबै समूहमा गिरावट आएको छ । बिमा समूह अन्तर्गत आएका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहमा ३ सय ८३ दशमलब ९२ अंकको गिरावट आएको छ । त्यस्तै, होटल समूह ८१ दशमलब ३४ अंकले घटेको छ ।

एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशतले ओरालो लाग्दा राष्ट्रिय बीमा संस्थान लगायतकाका १२ कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । अन्य कम्पनीमा महुली सामुदायिक वित्तीय संस्था, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास बैंक लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी, कालिका माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त विकास बैंक, ओमी माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स र प्रिमियर माइक्रोफाइनान्स रहेका छन् ।

यता १३ कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशतले घटेको छ । सोमबार सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्सका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ८१ रुपैयाँले घटेको छ । त्यस्तै, राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँले घटेको छ ।