काठमाडौँ, १२ चैत । दिल्ली डेयरडेभिल्सबाट इण्डियन प्रिमियर लिग (आईपिएल)मा डेब्यु गर्न लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने मंगलबार भारत जाने भएका छन् । लिगअघि टोलीको करिब दुई साता लामो प्रशिक्षणमा सहभागी हुन सन्दीप भारत जान लागेको हुन् ।
आईपीएल खेल्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । सन्दीपलाई दिल्लीले २० लाख भारतिय रुपैयाँमा किनेको थियो । आईपिएलमा सन्दीप दिल्लीको १ नम्बर जर्सीमा देखिने छन् । आईपिएलको आगामी संस्करण अप्रिल ७ देखि सुरु हुँदैछ । दिल्लीको पहिलो खेल किंग्स इलाभेन पन्जाबविरुद्ध अप्रिल ८ मा हुनेछ ।















प्रतिक्रिया