४ कार्तिक २०८३, बुधबार

गाई काट्ने विषयमा विवाद चर्किएपछि दीपकराज गिरीको यस्तो व्यंग्य

32.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गाई काटेर खान पाउने या नपाउने भन्ने विषयमा सामाजिक सञ्जालमा चर्को विवादहरु देखिएपछि चर्चित हास्य कलाकार दीपकराज गिरीले तिखो व्यंग्य गरेका छन् ।

प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको भनी सामाजिक सञ्जालमा छताछुल्ल विवादका विषयमा दीपकले मुख खोलेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीलाई व्यंग्यात्मक शैलीमा अनुरोध गरेका छन् – ‘गृहमन्त्रीज्यू, हाम्रो सुरक्षा त हामी आफै गरौँला । गार्इबस्तुको सुरक्षा गरिदिनु पर्यो प्लिज । गार्इले गर्दा भाइ भाइमा मारामार होला ।’

उपसभामुख तामाङको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा अनेकन बहस चलिरहेको छ । तर, उपसभामुख स्वयमले भने आफूले भनेको कुरालाई बंग्याइएको बताएकी छिन् ।