२ कार्तिक २०८३, सोमबार

खेलकुदमन्त्रीले गरे क्रिकेटप्रेमी खुसी हुने घोषणा

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाली राष्ट्रिय क्रिकेटले सफलता हात पारिरहेका बेला खेलकुदमन्त्री जगत विश्वकर्माले खेलाडी र क्रिकेटप्रेमी खुशी हुने घोषणा गरेका छन् ।

क्रिकेट स्टेडियमका लागि भौँतारिरहेका खेलाडी र अभावको समस्या तत्काल सम्बोधन गर्नका लागि निर्माण स्थगन रहेको मूलपानीको स्टेडियमलाई सुचारू गर्ने उनले घोषणा गरे । निरीक्षणपछि समस्या र समाधानका उपाय बुझेपछि भने, ‘तत्काल पर्खालका लागि मन्त्रालयले १० करोड रूपैंया खर्च गर्छ । यो काम एक महिनाभित्र हुनेछ ।’

निरिक्षणकै क्रममा खेलकुद मन्त्रालयका सचिव र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टलाई उनले उक्त काम अघि बढाउन निर्देशन दिए । ‘यो तत्काल सुरू गराइने काम हो । २ वर्षभित्र सबै संरचनासहितको स्टेडियम निर्माण पूरा गरिनेछ ।’, उनले भने ।

स्टेडियम निर्माणका लागि अघिल्ला सरकार र सम्बन्धित निकायले गरेका सकारात्मक पहललाई आत्मसात गर्दै यो सरकारले काम पुरा गर्ने बताएका विश्वकर्माले विद्यमान समस्या र विवादको समाधान सहमतिमै खोजिसकिएको बताए । स्थानीयवासीको अपेक्षा पनि स्टेडियम बनोस् भन्ने रहेको आफूले पाएको बताउँदै उनले तत्काल काम थालिने बताए ।

प्याराफिट र पार्किङका लागि बनाउन सकिने ५२ आना जग्गामा सर्वसाधारणको बसोबास रहेको छ । उक्त जग्गा लिएमात्र स्टेडियम भनेअनुसारको संरचनामा बनाउन सकिने भएपछि स्थानीयको सहमतिका आधारमा मुआव्जासहित अन्य ठाउँमा सार्ने सहमति बनिसकेको मन्त्री विश्वकर्माले बताए ।

‘स्थानीयवासीको सकारात्मक र उत्साहजनक साथको अभिरूची पायौं, पीडामा रहेको पनि अनुभुति पनि पाएका छौं । राजधानीमा रहेको, निर्माण कार्य जारी हुँदा अवरोध रहेको यो मैदान तुरुन्तै बनाइनेछ’, उनले भने,‘यसका लागि पहल गर्ने सवै पक्ष र खेलप्रेमीलाई जस दिन चाहन्छु ।’

स्टेडियम तत्काल निर्माण कार्य थालेको खण्डमा यहाँका जनता खुशी हुने बताउँदै उक्त वडाका अध्यक्ष नरेश फुयाँलले मन्त्री विश्वकर्माको घोषणाले काम तिव्रताका साथ अघि बढ्ने बताए । त्यसका लागि सर्वसाधारण र स्थानीयवासीले सरकारलाई भरपूर सहयोग गर्ने उनले बताए ।