२ कार्तिक २०८३, सोमबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ, १२ चैत । प्रतिनिधिसभाको बैठक सोमबार (आज) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो बस्ने बैठकमा शुक्रबार दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पेस गरिदैछ ।

यसैगरी गृह मन्त्रालयको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश दर्ता गर्ने तयारी छ ।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यी तीन अध्यादेश सम्भवतः सोमबारको संसद बैठकमा पेश हुने र छलफल हुनसक्ने जनाए ।
राष्ट्रपतिद्वारा जारी अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदको अधिवेशन गएको फागुन २० बाट सुरु भएको हो ।

संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वतः निष्क्रिय हुने कानूनी प्रावधान छ ।