४ कार्तिक २०८३, बुधबार

किन बिग्रियो पल र आँचलको सम्बन्ध ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र शत्रु गते प्रर्दशनमा आएसँगै नायिक आँचल शर्मालाई तनाब भएको छ । शुक्रबार प्रदर्शनमा आएको शर्मा र शाह अभिनित चलचित्र शत्रु गते हेरिसकेपछि दर्शकले पलको अभिनय मनपराएको प्रतिक्रिया दिएका छन् । तर आँचलले भने सशक्त अभिनयगर्न नसकेको टिप्पणी आईरहेको छ । आफ्नो विषयमा नकारात्मक टिप्पणी आएपछि आँचल तनाबमा परेको बताइन्छ ।

पलसँग विहे गर्नेसम्मका हल्ला चलिरहेका बेला एउटै फिल्ममा पल सफल र आँचल असफल भन्ने खालका प्रतिक्रियाले उनलाई तनाब हुनु स्वभाविकै हो । सम्बन्धका बारेमा विभिन्न हल्ला चलिरहेकै बेला आँचलको परिवारले पनि विहे गरेपनि हुन्छ भन्ने खालको प्रतिक्रिया दिएको चलचित्र वृत्तमा चर्चा छ ।

भित्रि रुपमा पल शाह पनि आँचलसँग विहे गर्न राजि जस्तै देखिएको जानकारहरु बताउँछन् । तर, उनको भने परिवार बाधक बन्ने देखिन्छ ।
आँचलले पनि पलको अर्को प्रेमिका भएको आशंका गरेकी छन् । शुक्रबारबाट प्रदर्शनमा आएको प्रतिक्षित फिल्म ‘शत्रु गते’ लाई दर्शकले उत्साहजनक रुपमा साथ दिएका छन् ।

शनिवार राजधानीका अधिकांश मल्टिप्लेक्समा बिहानैदेखि दर्शकको भिड देखिएको थियो । शनिवार बिहानैदेखि राजधानीका विभिन्न हल चहारिरहेका अभिनेता पल शाह, निर्माता तथा कलाकार किरण केसी, अभिनेत्री आँचल शर्मा, प्रियंका कार्की, दीपाश्री निरौला, बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दर्शक प्रतिक्रियाबाट सन्तुष्ट देखिन्थे ।

सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । फिल्ममा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।