३ कार्तिक २०८३, मंगलबार

कांग्रेसको बैठक छाडेर खुमबहादुरलाई भेट्न को-को पुगे दिल्ली ?

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्थामा सुधार नआएपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक छाडेर महामन्त्री डा. शशांक कोइरालासहितका नेता नयाँ दिल्ली पुगेका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्य विग्रिएपछि एक महिनाअघि एपोलो अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । खड्कासँग भेट गर्नका लागि कसैलाई दिइएको छैन । उनको लिभरले काम गर्न नसकेको अस्पतालले जनाएको छ ।

आफन्तहरूका अनुसार उनको स्वास्थ्यमा कुनैपनि सुधार आउन सकेको छैन । कोइरालासहित उनको स्वास्थ्य बुझ्नका लागि कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि आइतबार दिल्ली गएका छन् ।

उनको स्वास्थ्यअवस्था बुझ्नका लागि नेपाली कांग्रेस ललितपुर जिल्ला सदस्य मिनकृष्ण महर्जनलगायतका नेता दिल्ली पुगिसकेका छन् । तरूण दलका नेता तथा कार्यकर्ता पनि अस्पताल पुगेको बताइएको छ । ‘उनलाई छातीबाट पाइप लगाएर खाना खुवाइएको छ ।’, महर्जनले बताए ।

कांग्रेस नेताहरू देवन्द्रराज कँडेल, मीनकृष्ण महर्जन, तरुण दलका नेता महेश श्रेष्ठसहित अस्पताल परिसरमा रहेका छन् ।

यता, खड्काको स्वास्थ्यको कामना गर्दै भद्रकाली, दक्षिणकाली, काभ्रेपलाञ्चोकसहितका मन्दिरमा पूजाअर्चना गरिएको छ । नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

खड्का नेपाली कांग्रेसको महाधिवेशनमा धेरै मत ल्याएर जित्ने केन्द्रीय सदस्य हुन् भने सभापति देउवालाई उनले सघाएका थिए । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगेर बाहिर निस्किएपछि हिन्दू धर्मको रक्षाका लागि सक्रिय आन्दोलनमा सरिक छन् ।