३ कार्तिक २०८३, मंगलबार

गाई काट्न माग गर्ने उपसभामुखविरुद्ध उनकै जिल्लामा प्रदर्शन

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिदुर, ११ चैत । प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङको अभिव्यक्तिलाई लिएर नुवाकोट जिल्लामा प्रदर्शन भएको छ ।

राष्ट्रिय जनावर तथा हिन्दुहरूको आस्था गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएपछि त्यसको विरोध भइरहेको छ । तामाङको गृहजिल्ला नुवाकोटमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

तामाङको अभिव्यक्ति समस्त हिन्दूहरूको आस्थामा प्रहार गर्ने उद्देश्यबाट प्रेरित रहेको भन्दै शनिबार युवा विद्यार्थीले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् ।

नेपाली काग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरूले शनिवार साँझ ढुँगेबजारदेखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाली कांग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, पूर्व केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ, विद्यार्थी नेताहरू निरञ्जन थापा, कृष्ण मिश्र, श्वेच्छा उप्रेती, शंकर पाण्डे लगायतले धारण राखेका थिए ।

उनीहरूले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीको आस्थामा प्रहार गर्दै जातीय र धार्मक सद्भाव भड्काउने उद्देश्यवाट प्रेरित रहेको आरोप लगाए ।

कोणसभाका सहभागीहरूले निर्वाचनमा बहुमत प्राप्त गरेको दम्भमा जनताको आस्थामा प्रहार भईरहे त्यसका विरुद्ध सशक्त प्रतिरोध गरिने चेतावनी समेत दिए ।

प्रदेश ४ कि उपसभामुख तामाङले गाईको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुर जिल्लाका तीनजना व्यक्तिलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गर्दे गाई काट्नेलाई जेल हाल्ने कानूनी प्रावधान संशोधन हुनुपर्ने माग गरेपछि उनी विवादमा तानिएकी हुन् ।