मुम्बई । बलिउडकी पुरानी अभिनेत्री डेजी इरानीले आफू सानै उमेरमा पटक पटक बलात्कार भएको अभिव्यक्ति दिएकी छिन् ।
डेजी इरानी ५० को दशककी बालकलाकार हुन् । उनी फरहान अख्तरकी काकी समेत हुन् ।
६ वर्षको उमेरमा आफू बलात्कारको शिकार भएको उनले बताइन् । बलात्कृत भएको ६० वर्षपछि रहस्य खोल्दै डेजी इरानीले त्यस बेला आफू मानसिक र शारीरिक तनावमा परेको उल्लेख गरिन् । आफ्नै अभिभावक बकाल डेजीले उनलाई बलात्कार गरेका थिए ।
तत्कालीन समयमा उनी ‘हम पन्छी एक डाल’ को सुटिङमा थिइन् । रातिको समयमा बकाल डेजी होस्टेलको कोठामा आएर बलात्कार गरेका थिए । बलात्कारपछि उनलाई बेल्टले हिर्काउनुको साथै कसैलाई भनेमा मारिदिने धम्कि दिएका थिए ।
उनी १५ वर्षको हुँदा आमाको आग्रहमा उनी साडी लगाएर निर्माता मलिकचन्द्र कोचरलाई भेटन पुगेकी थिइन् । निर्माता मलिकचन्द्र ‘मेरो हजुर’ निर्माण गर्ने तयारी गर्दै थिए । उनको अफिस मराठा मन्दिर सिनेमा मन्दिर नजिकै थियो ।
डेजीको भनाई अनुसार उनी सोफामा बसेकी थिइन् । मलिकचन्द्र पनि नजिकै आए र छुँदै कुरा गर्न थाले ।
उनले यो सब भन्नुको कारण अचेल टेलिभिजनमा धेरै ट्यालेण्ट शो हुन थालेको छ । धेरै वालवालिका यस्ता कार्यक्रममा सहभागी हुन्छन् । वालवालिकाहरू यौन दुर्व्यवहारको शिकार नहोउन् भनेर बलात्कारको कुरा गरेको उनले बताइन् ।
४ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी डेजीले ५० वढी फिल्ममा काम गरेकी छिन् । – एजेन्सी















प्रतिक्रिया