३ कार्तिक २०८३, मंगलबार

‘उहाँको बावुसँग राजनीति गरेको व्यक्ति हुँ’

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीमा आफू सिनियर नेताह रहेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफ्नो बरीयता कायम हुने बताए ।

‘कांग्रेसमा म सबैभन्दा धेरै बरिष्ठ नेता हुँ’, उनले भने, ‘अब बरिष्ठतमको विवाद अन्त्य भएको छ ।’

प्रकाशमान सिंहले बरिष्ठताको विषयमा विवाद गर्नुभएको छ नि ? भन्ने प्रश्नको जिज्ञासामा नेता श्रेष्ठले भने, ‘प्रकाशमानजीको बाबुसँग मैले राजनीति गरेको हुँ । गाणेशमान सिंहसँग राजनीति गरेको हुँ ।’

कांग्रेसभित्रको आन्तरिक विवादलाई सडकमा लगेको भनेर असन्तुष्टि जनाएका नेता श्रेष्ठले भने, ‘समस्या छ भने पार्टीभित्र छलफल गर्ने हो । सडकमा छताछुल्ल विवाद गर्ने होइन ।’

कांग्रेसभित्रको आन्तरिक विवादलाई पत्रकारहरूले समाचार बनाएकोमा पनि नेता श्रेष्ठले आपत्ति जनाएका छन् ।