३ कार्तिक २०८३, मंगलबार

यीनै हुन् वडाध्यक्षलाई रामधुलाई गर्ने गच्छादारनिकट उपमेयर दम्पत्ती

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १० चैत । विवाद सुल्झाउने जिम्मेबारी पाएको स्थानीय तहको न्यायीक समिति प्रमुखले पति बोलाएरै कुटपिट गर्न लगाएपछि के हुन्छ ?

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारको गृहनगर दुहवी भलुवा नगरपालिकाकी उपमेयरले यसै गरेपनि कुनै कारबाही भएको छैन ।

शक्तिको आडमा सामान्य विवादमा पदको ध्वाँस देखाउँदै सोही नगरपालिका– ५ नम्बर वडाका अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई उपमेयर सुनिता दाहाल साहले पति सुनिल साहलाई बोलाएर शुक्रबार कुटपिट गराइन् ।

उपमेयरलाई स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजकको समेत जिम्मेवारी हुन्छ ।

खेल मैदान निर्माण सकिएकोले अनुगमन गरी बजेट फर्छौट गरिदिने वडाअध्यक्षको माग थियो । यहि विषयमा विवाद भएको थियो । वडा सदस्य तामाङले चाडो रकम निकासाको माग गर्दा निस्कन भन्दै बाहिर निकालिन् । पछि किन निस्कने भन्दा पति बोलाएर कुटपिट गरेको जनाइएको छ । निर्माण सम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम रोकेको वडा अध्यक्ष रमेश रौनियारको आरोप छ ।

कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबीनगरपालिका दिनभर घेराउ गरेका थिए । कुटपिटपछि पीडितपक्ष र मेयरवीच छलफल भएपनि कुनै सहमति हुन सकेन् ।

नगरपालिकाका मेयर वेद गच्छादारले उपमेयरको उक्त भिडियो बाहिर आउनुले दुख लागेको बताए । जिम्मेबार पदमा बसेको मानिसले यसरी विवादलाई कुटपिटमा लग्नुभन्दा समाधानमा ध्यान दिनुपर्नेमा उल्टो भएको मेयरको टिप्पणी छ ।