१ कार्तिक २०८३, आइतबार

कतारबाट रेमिट्यान्स पठाउन सहज गर्न पहल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । कतारबाट रेमिट्यान्स पठाउने प्रक्रिया सहज बनाउन कतारको केन्द्रीय बैंकलाई अनुरोध गरिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

छिमेकी देशहरूले नाकाबन्दी लगाएपछि कतारका रेमिट्यान्स कम्पनीहरूले रकममा सीमा तोकिदिएपछि नेपाली कामदार मर्कामा परेका छन्। नेपालीहरूले पैसा पठाउने प्रक्रिया महँगो र झन्झटिलो भएको गुनासो गरेपछि दूतावास सक्रिय भएको हो।

नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर परेपछि कतारमा डलरको अभाव रहेको भन्दै त्यहाँका विप्रेषण अर्थात् रेमिट्यान्सको कारोबार गर्ने कम्पनीहरूले पैसा पठाउन सीमा तोकेको नेपाली कामदारहरू बताउँछन्।

त्यस्तो नियमका कारण नेपाली कामदारलाई त्यहाँ कमाएको पैसा घर पठाउन परेको समस्याबारे सम्बन्धित निकायलाई अवगत गराइएको कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बताए।

उनले भने, “यहाँका रेमिट्यान्स कम्पनीहरूले एक पटक पैसा पठाउँदा कहिले १५ सय, कहिले हजार रियालभन्दा बढी नपठाउने गरेको पाँच-छ महिना भइसकेको रहेछ। हामीले कतारको केन्द्रीय ब्याङ्कसँग कुरा गरेका छौँ। उहाँहरुले यो निमयविपरीत रहेको र यो समस्या समाधान गर्छौँ भन्नुभएको छ।”

यसरी पैसा पठाउँदा प्रत्येक पटक रेमिट्यान्स कम्पनीलाई १८ रियाल अर्थात् करिब ५ सय रूपैयाँ शुल्क तिर्नपर्ने व्यवस्था रहेको छ। श्रम मन्त्रालयका अनुसार कतारमा ४ लाख ५० हजारभन्दा बढी नेपाली विभिन्न पेशामा कार्यरत छन्। तीमध्ये अधिकांश न्यून पारिश्रमिकमा काम गरिरहेको बताइन्छ।

यसरी प्रत्येक पटक पैसा पठाउँदा तिर्नपर्ने शुल्कले आर्थिक भार थपिएको कतारमा रहेका नेपालीहरू बताउँछन्। नयाँ नियम लागू भएयता कतारबाट आउने रेमिट्यान्समा पनि केही कमी आएको नेपाल रेमिटर्स अशोसिएसनका महासचिव सुमन पोखरेलले बताए।

उनले भने, ‘कतारको केन्द्रीय ब्याङ्कले त्यहाँबाट पैसा पठाउने हाम्रो साझेदारलाई धेरै डलर उपलब्ध नगराएको भएर उनीहरूले पैसा पठाउँदा एउटा सिमा तोकिदिएको छ। र यसले गर्दा भनेको जती पैसा पठाउन नसक्ने समस्या देखिएको छ।’ केहि समययता नेपाल भित्रिने विप्रेषणमा सबैभन्दा धेरै योगदान कतारको रहने गरेको थियो।

गत वर्ष उक्त देशबाट करिब एक अर्ब विप्रेषण भित्रिएको थियो। तर कतारको अर्थतन्त्रमा परेको समस्याको छायाँ नेपालले प्राप्त गर्ने विप्रेषण आम्दानीमा पनि परेको अधिकारीहरूले बताएका छन्। बीबीसी