१ कार्तिक २०८३, आइतबार

आइएमईको नयाँ वर्ष लक्षित उपहारै उपहार योजना सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


आइएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्षित गरी ‘नयाँवर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिनाकायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्की ड्र’ माडिस होम, मासिक ‘लक्कीड्र«’मा स्मार्ट फोन र सक्नेछन् ।

योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचार माध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँवर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (२० मार्चदेखि ३० अप्रील, २०१८) गरि ४० दिनसम्म कायम हुनेछ । योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्ने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिवद्व कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जानकारी दिए ।