४ कार्तिक २०८३, बुधबार

चोरीको गीतसहित ‘मह’ जोडीको ‘शत्रुगते’ रिलिज, विवादमा फिल्म

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गरेको चलचित्र शत्रुगते शुक्रबारदेखि काठमाडौ लगायत देशका विभिन्न ठाउँका हलमा रिलिज भएको छ ।

फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश र प्रदीपको संवाद रहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल लगायतको अभिनय छ ।

अहिलेका चल्तीका कलाकार पल शाह, आँचल शर्मा, प्रियंका कार्कीको अभिनय पनि पनि फिल्ममा हेर्न पाइनेछ । हरिवंश र मदनकृष्णले ११ वर्षपछि फिल्म निर्माणमा पुनरागमन गरेका हुन् ।

यो जोडीले ११ वर्षअघि फिल्म जे भो राम्रै भो निर्माण गरेको थियो । फिल्मको ‘रुपै मोहनी’ बोलको गीत वरिष्ठ गायक कुमार बस्नेत ‘रउसी खान जाउँ’बाट जस्तोको त्यस्तै चोरी गरिएको छ ।

गायक बस्नेतले आफ्नो गीतलाई चोरी गरेर ‘मह’ जोडीले ‘शत्रुगते’मा राखेको भनेर आपत्ति पनि जनाएका छन् । तर, फिल्म निर्माता किरण केसी र मह जोडीले गायक बस्नेतको कुरा नसुनेर फिल्म रिलिज गरेका छन् ।

कुनै बेला कपीराइटको आन्दोलनमा मह र गायक बस्नेत संगै थिए । अहिले आएर मह जोडीले नै गायक बस्नेतको गीत चोरी गरेका छन् ।

‘शत्रु गते’को ‘रुपै मोहनी’ चोरीको गीत (भिडियो प्रमाणसहित)