३ कार्तिक २०८३, मंगलबार

मध्यराति वनकालीमा शर्मिला लामासँग प्रहरीको यसरी भयो भेट

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पक्राउ परेकी छन् ।

काभ्रे स्थायी घर भएका विवेक लामालाई छुटाउन पैसाल लिएर पुगेकी पत्नीलाई प्रहरीले पक्राउ गरेको हो । लामाको पेसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रूपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ ।

पाकेट मारेकै भरमा उनले करोडौं सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ तर पेसा भने उही पकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।

यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसका यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई गौशाला प्रहरी वृत्तमा लगिएको थियो । उनलाई सामान्य पाकेटमार भनेर चिन्दै आएको प्रहरी त्यतिबेला छक्क प¥यो, जब उनीसँग काठमाडौंमा आफ्नै घर र गाडीसमेत रहेको खुल्यो । अरू बेला आफ्नै गाडी चढेर हिँड्ने उनी यात्रुको पाकेट मार्नकै लागि सार्वजनिक बसमा चढ्ने गरेको पनि खुलासा भयो ।

बुधबार साँझ यी पाकेटमार लामाले सार्वजनिक बसमा यात्रारत सरोज कार्कीको पाकेटबाट ७५ हजार रुपैयाँ पाकेट मारेका थिए । लामा पाकेटमारीको कथा यत्तिकैमा सकिँदैन । गौशाला प्रहरी त्यतिबेला छक्क प¥यो, जब आफ्नो पाकेटमार पतिलाई छुटाउन उनकी पत्नी आकर्षक रकमको अफर गर्दै प्रहरीसमक्ष पुगिन् ।

पाकेटमार लामाकी पत्नी शर्मिला लामा उनलाई छुटाउन ३ लाख रुपैयाँ बोकेर प्रहरीकहाँ पुगेकी थिइन् । शर्मिलाले एक प्रहरी जवानलाई सम्पर्क गरी पति छुटाइदिए ३ लाख रुपैयाँ दिने आश्वासन दिएकी थिइन् ।

ती प्रहरी जवानले शर्मिलाको प्रस्तावबारे आफ्ना हाकिमलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोली उनको प्रस्तावलाई स्वीकार्दै बुधबार राति पौने १२ बजे वनकाली पुगेको थियो, जहाँ शर्मिलाले बोलाएकी थिइन् । शर्मिलालाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको हो ।