काठमाडौँ, ८ चैत । नेपाली क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सबाट १ नम्बर जर्सीमा देखिने भएका छन् । राजधानीको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा बिहीबार सन्दीपको जर्सी सार्वजनिक गरिएको छ ।
दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआ सन्दिपको जर्सी लिएर काठमाडौँ आएका थिए । सन्दीपको जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भनिएको थियो । तर ओलीको अनुपस्थितिमा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुआले जर्सी सार्वजनिक गरे ।















प्रतिक्रिया